फाइल तस्वीर
काठमाडौं — नेपाली महिला फुटबल टोलीको फिफा वरियतामा तीन स्थान सुधार भएको छ । विश्व फुटबलको सर्वोच्च निकाय (फिफा)ले आज सार्वजनिक गरेको नयाँ वरियतामा नेपालले तीन स्थान सुधार गरेको हो ।

नयाँ वरियतामा नेपाल एक हजार दुई सय पाँच अङ्कका साथ एक सयौँ स्थानमा उक्लिएको छ । यसअघि नेपाल १०३ औँ स्थानमा थियो ।

एसियाली राष्ट्रको वरियतामा भने नेपाल २० औँ स्थानमा छ । आज सार्वजनिक गरिएको वरियतामा अमेरिका शीर्ष स्थानमा यथावत छ भने जर्मनी दोस्रो तथा स्वीडेन तेस्रो स्थानमा रहेकाछन् । इङ्ल्यान्ड चांैथो, फ्रान्स पाँचौँ, क्यानडा छैटौँ र स्पेन सातौँ स्थानमा छ्न । नेदरल्याण्ड्स आठ, ब्राजिल नवौँ र अस्ट्रेलिया दशौँ स्थानमा रहेकाछन् ।