बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जमरकट्टेल, फाइल तस्वीर

हेटौंडा — बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जमरकट्टेलले विश्वासको मत प्राप्त गर्नुभएको छ । प्रदेशसभाको आज शुक्रबार बसेको बैठकमा मुख्यमन्त्री जमरकट्टेलले विश्वासको मत प्राप्त गर्नुभएको हो ।

मुख्यमन्त्री जमरकट्टेलको पक्षमा ६७ मत र विपक्षमा १७ मत मरेको थियो भने सात जना सांसदले मतदानमा भाग लिएनन् । कुल ११० सिट सङ्ख्या रहेको बागमती प्रदेशसभाको आजको बैठकमा ९१ प्रदेशसभा सदस्यको उपस्थिति रहेको थियो ।

प्रदेशसभामा नेपाली कांग्रेसको ३७, नेकपा (एमाले)को २७, नेकपा(माओवादी केन्द्र)को २१, राष्ट्रिय प्रजातन्त्र पार्टीको १३, नेकपा (एकीकृत समाजवादी)को सात, नेपाल मजदुर किसानको तीन र हाम्रो नेपाली पार्टीको दुई गरी ११० सदस्य रहेका छन् ।

मुख्यमन्त्रीको पक्षमा नेकपा माओवादी सहित नेपाली काङ्ग्रेस र एकीकृत समाजवादी र हाम्रो नेपाली पार्टीका सांसद्हरुले विश्वासको मत दिनुभएको थियो ।