हेटौंडा — नेपाल कम्युनिस्ट पार्टी एमाले बागमती सरकारलाई दिएको समर्थन फिर्ता लिँदै प्रदेशबाट बाहिरिएको छ । मुख्यमन्त्री शालिकराम जम्मकट्टेल नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिँदै एमाले बाहिरिएको हो ।

एमालेका चार मन्त्रीहरुले सामूहिक रुपमा सरकारबाट बाहिरिने घोषणा गरेका छन् । आज शुक्रबार बसेको बागमती प्रदेशसभा बैठकमा प्रदेशका अर्थमन्त्री एवम् एमाले संसदीय दलका नेता जगन्नाथ थपलियाले एमालेका मन्त्रीहरु सरकारबाट बाहिरिएको घोषणा गर्नुभएको हो ।

प्रदेशसभा बैठकमा मुख्यमन्त्री जम्मकट्टेलले विश्वास मत लिने कार्यसूचीमै एमालेले पनि सरकारबाट बाहिरिने घोषणा गरेको हो । एमाले संसदीय दलका नेता जगन्नाथा थपलियासहित श्रम रोजगार तथा यातायात मन्त्री एकालाल श्रेष्ठ, स्वास्थ्य मन्त्री रामेश्वर श्रेष्ठ र कृषि तथा पशुपन्छी विकासमन्त्री केशवप्रसाद पोखरेल हुनुहुन्छ ।