धनुषा — जनकपुर उपमहानगरपालिकाका एक वडाध्यक्ष र एक वडासचिव ५० हजार रकम घुससहित पक्राउ परेका छन् ।

जनकपुर उपमहानगरपालिका वडा नम्बर ११ का वडाध्यक्ष अर्जुन चौधरी र वडासचिव माधव रायलाई प्रहरीले घुस लिएको रकमसहित रङ्गेहात पक्राउ गरेको हो ।

उनीहरूले जग्गा सम्बन्धी विवादित विषय मिलाइदिने भन्दै घुस लिएको बताइएको छ ।