फाइल तस्वीर
काठमाडौं — बंगलादेशमा भइरहेको साफ यू–१७ महिला च्याम्पियनसिपमा नेपालले आफ्नो दोस्रो खेल ढाकास्थित बीएसएसएस मोस्ताफा कमल स्टेडियममा भुटानसँग खेल्दैछ । नेपाल र भुटानबीचको खेल आज नेपाली समय अनुसार बेलुका ७ बजे सुरु हुने जनाइएको हो ।

पहिलो खेलमा भारतसँग ४–१ ले पराजित भएको नेपालका लागि उपाधिको सम्भावना कायम राख्न आजको खेल जित्नैपर्ने अवस्था छ । उता भुटान पनि पहिलो खेलमा घरेलु टोली बंगलादेशसँग ८–१ ले पराजित भएको थियो । पाँच राष्ट्र सम्मिलित प्रतियोगितामा युरोपियन राष्ट्र रुस समेत सहभागी छ ।

रुसले आज बंगलादेशसँग पहिलो खेल खेल्दैछ र यो खेल दिउँसो ३ बजे सुरु हुनेछ । यसअघि गत नोभेम्बरमा यू–१५ फर्म्याटमा भएको च्याम्पियनसिपमा नेपालले उपाधि जितेको थियो ।

यस पटक त्यसलाई परिमार्जन गर्दै यू–१७ फर्म्याटमा आयोजना गरिएको हो । नेपालले तेस्रो खेल आउने आइतबार रुससँग र चौथो खेल मंगलबार बंगलादेशसँग खेल्नेछ ।