फाइल तस्वीर
काठमाडौं — साताको चौथो दिन आज बुधबार नेपाली बजारमा सुनको मूल्यमा सामान्य गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घकाअनुसार आज सुनको मूल्य तोलामा २ हजार रुपैयाँले घटेको हो ।

छापावाल सुनको मूल्य एक लाख ७ हजार ८ सय रुपैयाँ रहेको छ भने तेजावी सुनको मूल्य एक लाख ७ हजार ३ सय तोकिएको छ । अघिल्लो कारोबार दिन मङ्गलबार छापावाल सुन एक लाख ९ हजार ८ सय रुपैयाँमा खरिद बिक्री भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य १ हजार ३ सय ३५ रुपैयाँ मा कारोबार भइरहेको छ । चाँदीको मूल्य मङ्गलबारको तुलनामा तोलामा ५ रुपैयाँले घटेको हो ।