साङ्केतिक तस्वीर
विर्तामोड — पूर्वपश्चिम राजमार्गअन्तर्गत झापाको कमल गाउँपालिका–४ सीतापुरीमा गए राति जिपको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ । पूर्वतर्फ गइरहेको मे १ज १९४२ नम्बरको जिपले बाटो पार गर्दै गरेका राईलाई ठक्कर दिंदा उनको घटनास्थलमै मृत्युभएको हो ।

दुर्घटनामा परी मृत्यु हुनेमा सोही गाउँपालिका–५ का ४० वर्षीय चन्द्रबहादुर राई रहेका छन् । ठक्करबाट उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक खगेन्द्रप्रसाद रिजालले जानकारी दिनुभयो ।

जिपका चालक इलाम नगरपालिका–२ का ३२ वर्षीय पेम्बा तामाङलाई आज बिहान प्रहरीले विर्तामोडस्थित बसपार्कबाट पक्राउ गरिएको जनाएको छ । इलाका प्रहरी कार्यालय दमक र ट्राफिक प्रहरी पोष्ट केर्खाको संयुक्त प्रहरी टोलीले फरार चालकलाई पक्राउ गरेको हो ।