इस्लामावाद — पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तमा गए राति गएको भूकम्पमा परी कम्तीमा १२ जनाको मृत्यु भएको छ भने १ सय ७५ जना घाइते भएका छन् ।

गए राति अफगानिस्तानको हिन्दुकुश क्षेत्र केन्द्रविन्दू बनाइ गएको भूकम्पको धक्का अफगानिस्तानसहित पाकिस्तान र भारतमा पनि महसुस गरिएको थियो ।

बीबीसीका अनुसार हालसम्म पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तको मात्रै आधिकारिक तथ्याङ्क बाहिर आएको छ ।

जिल्ला प्रकोप व्यवस्थापन प्राधिकरणका अनुसार स्वात जिल्लामा भूकम्पले सबैभन्दा बढी क्षति पुगेको छ । भूकम्पपछि गएको पहिरोका कारण स्वात जिल्लाको कलम सडक पनि अवरुद्ध भएको छ ।

स्वातमा आपतकाल घोषणा गरी सबै कर्मचारीलाई उद्वार र उपचारका लागि सतर्क गराइएको जिल्ला प्रहरी अधिकारी शफिउल्लाहले बताएका छन् । एजेन्सी