फाइल तस्वीर


काठमाडौं — एसिया लायन्सले लिजेन्ड्स लिग क्रिकेटको उपाधि जितेको छ । कतारको दोहास्थित वेस्ट इन्ड पार्क क्रिकेट मैदानमा सोमबार राति भएको फाइनलमा लायन्सले वर्ल्ड जायन्ट्सलाई ७ विकेटले पराजित गर्दै च्याम्पियन बनेको हो ।

नेपाली राष्ट्रिय टिमका पूर्वकप्तान पारस खड्का सम्मिलित उक्त फाइनल खेलमा पारसले प्लेइङ ११ मा स्थान बनाए पनि ब्याटिङ र बलिङमा भने अवसर पाएनन् । लिगभर जम्मा दुई खेलमा ब्याटिङ गरेका पारसले बलिङ भने गरेनन् । वर्ल्ड जायन्ट्सले दिएको १४८ रनको लक्ष्य एसिया लायन्सले १६ दशमलव १ ओभरमा तीन विकेटको क्षतिमा पूरा ग¥यो ।

एसियाको जितमा ओपनरद्वय तिलकरत्ने दिल्शान र उपुल थरङ्गाले पहिलो विकेटका लागि ११५ रनको साझेदारी गर्दा दिल्शानले ४२ बलमा ८ चौकाको मदतमा ५८ रन जोडेका थिए । थरङ्गाले २८ बल खेल्दै ५ चौका तीन छक्का प्रहार गरी ५७ रन बनाएका थिए भने मिस्बा उल हक र मोहम्मद हाफिजले समान ९ रनमा अविजित रहे ।

जायन्ट्सका लागि मोन्टी पानेसर, समित पटेल र ब्रेट लीले समान एक÷एक विकेट लिएका थिए । टस जितेर पहिले ब्याटिङ गरेको जायन्ट्सले २० ओभरमा चार विकेटको क्षतिमा १४७ रन बनाएको थियो ।

जायन्ट्सका लागि ज्याक कालिसले अविजित ७८ रन बनाउँदा ५४ बल खेल्दै पाँच चौका र तीन छक्का प्रहार गरे । यस्तै रोस टेलरले ३२ र लेन्डल सिमोन्सले १७ रन बनाए । लायन्सका अब्दुर रज्जाकले २ तथा थिसारा परेराले एक विकेट लिए ।