कोलम्बिया — कोलम्बियामा त्यहाँको सेनाको एक हेलिकोप्टर दुर्घटना हुँदा त्यसमा रहेका कम्तीमा चार जनाको ज्यान गएको छ । आइतबार साँझ भएको सो होलिकोप्टर दुर्घटनाको समाचारको यहाँको सेनाले पुष्टि गरेको छ ।

सो हेलिकोप्टर राजधानी सहरमा नै भएको र त्यसमा रहेका चार जना सैनिककै ज्यान गएको यहाँका राष्ट्रपति गुस्ताभो पेट्रोले जानकारी दिनुभएको छ ।उहाँले राजधानी सहरमा यहाँको सेनाको एक हेलिकोप्टर दुर्घटनामा परेको र त्यसमा रहेका चार जनाकै ज्यान गएको जानकारी दिनुभएको हो ।

उहाँले सेनाका लागि आवश्यक सामग्री लिएर गएको हेलिकोप्टर दुर्घटनामा परेको जानकारी दिनुभयो । यहाँको सेनाका प्रमुखले सो दुर्घटनाका बारेमा अनुसन्धान सुरु भएको जानकारी दिनुभएको छ । उहाँले हेलिकोप्टर दुर्घटनाको कारणका बारेमा अनुसन्धान सुरु भएको जानकारी दिनुभएको हो ।