फाइल तस्वीर
बेलबारी — मोरङको कानेपोखरी गाँउपालिका–६मा रहेको रमाइलो बजारस्थित जनसेवा नमुना माध्यमिक विद्यालयलमा निःशुल्क प्राथमिक उपचार तथा परामर्श सुरु गरिएको छ । उक्त सामुदायिक विद्यालयले आयोजना गरेको कार्यक्रममार्फत दैनिक १५ देखि २० जना विद्यार्थीले सेवा लिइरहेका पाइएको हो ।

विद्यालयमा कुल एक हजार तीन सय १७ जना विद्यार्थी अध्ययनरत छन्, जसमा ५५ प्रतिशत छात्रा छन् । कोशी प्रदेश सरकार र गाउँपालिकाको सहयोगमा यो कार्यक्रम सञ्चालन भइरहेको छ । कार्यक्रम सञ्चालनका लागि आवश्यक औषधि विद्यालय आफैले खरिद गर्ने गरेको छ भने केही सामग्री गाउँपालिकाले उपलब्ध गराउँदै आएको छ विद्यालयका प्रधानाध्यापक दामोदर सिग्देलको भनाइ छ ।

“कार्यक्रम अन्तर्गत विद्यालयले छात्रालाई महिनावारीको समयमा निःशुल्क प्याड उपलब्ध गराइन्छ”, विद्यालयमा कार्यरत नर्स आश्मा आचार्यले भन्नुभयो, “कुनै समस्या भए प्राथमिक उपचार गरी अस्पताल पठाउने गरेका छौँ ।”