फाइल तस्वीर


काठमाडौं — बजार खुलेको पहिलो दिन आज आईतबार सुनको मूल्यले हालसम्मकै उच्च रेकर्ड कायम गरेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघकाअनुसार आईतबार छापावाल सुनको मूल्य प्रतितोला एक लाख १० हजार ३३ रुपैयाँ पुगेको छ ।

सुनको मूल्यलले हालसम्मकै उच्च रेकर्ड कायम गरेको महासङ्घले जनाएको छ । ‘आज छापावाल सुनको मूल्य प्रतितोला एक लाख १० हजार ३३ रुपैयाँ तोकिएको छ, यो हालसम्मकै उच्च मूल्य हो ।’ महासङ्घले भनेको छ ।

साताको अन्तिम दिन शुक्रबार प्रतितोला एक लाख ७ हजार १०० रुपैयाँमा सुनको कारोवार भएको थियो । आज साताको पहिलो दिन आईतबार छापावाल सुनप्रति तोलामा दुई हजार ९३३ रुपैयाँले बढेर एक लाख १० हजार ३३ रुपैयाँ पुगेको हो ।