फाइल तस्वीर
पेरिस — युरोपेली बैंकहरूको अवस्था अमेरिकी ऋणदाताहरूको जस्तो नभएको फ्रान्सको केन्द्रीय बैंक प्रमुखले बताएका छन् । अमेरिकामा देखिएको बैङ्किङ सङ्कटको त्रासका बीच उनले शुक्रबार सो टिप्पणि गरेका हुन् ।

उनले भने यस क्षेत्रका बैङ्कहरू ‘अत्यन्तै ठोस’ आकारमा छन् । दुई अमेरिकी ऋणदाताहरूको असफलताले यस क्षेत्रमा सङ्क्रामक स्थिति सृजना हुने डर बढाएको छ । समस्याग्रस्त युरोपेली बैंकिंग विशाल क्रेडिट सुइसले स्विस केन्द्रीय बैंकबाट $ ५४ अर्बसम्म ऋण लिनु परेको छ।

युरोपेली केन्द्रीय बैंकको गभर्निङ काउन्सिलका सदस्य फ्रान्कोइस भिलेरोय डे गाल्हाउले बीएफएम बिजनेस टेलिभिजनलाई अन्तर्वार्ता दिँदै सो टिप्पणी गरेका हुन् । फ्रान्सेली र युरोपेली बैङ्कहरू अत्यन्तै बलिया छन्, अमेरिकी बैंकहरू जस्तै स्थितिमा छैनन् उनले बताए ।