तस्वीर स्रोत : क्यान

काठमाडौँ – आईसिसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको अन्तिम खेलमा युनाइटेड अरब इमिरेट्स (यूएई) लाई पराजित गर्दै नेपाल विश्वकप छनोटमा पुगेको छ । अन्तिम खेलमा नेपालले ९ रनले युएईलाई हराउँदै विश्वकपका लागि छनोट भएको हो ।

नेपालले डिएल मेथडबाट यूएईलाई ९ रनले पछि पा¥यो । नेपालले ३ सय ११ रनको लक्ष्य पछ्याउँदै गर्दा ४४ ओभरमा ६ विकेट गुमाएर २ सय ६९ रन जोडेको अवस्थामा खेल डिएल मेथडमा गएको थियो । खराब प्रकाशका कारण खेल डिएल मेथडमा गएको थियो । यससँगै नेपालले आगमी जुन जुलाईमा जिम्बावेमा हुने एकदिवसीय विश्वकप छनोटमा सिधैं स्थान बनाएको छ । नेपालले अन्तिम १२ मध्ये ११ खेल जितेको छ ।

नेपाललाई जित दिलाउन गुल्सन झाले रनको ५० रनको योगदान गरे । आरिफ शेखले ५२ रन, भिम सार्कीले ६७ रन तथा कुशल भुर्तेलले ५० रन बनाए । कप्तान रोहित पौडेल १६ रन, कुशल मल्ल ५ रन तथा आशिफ शेख शून्य रनमा आउट भए । युएईका जुनैद सिद्दिकीले ३ तथा आयान अफजल खानले २ विकेट लिए । जाहुर खानले १ विकेट हात पारे ।

यसअघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको युएईले निर्धारित ५० ओभरमा ६ विकेट गुमाएर ३१० रन बनायो । युएईका लागि कीर्तिमानी ४१ बलमा शतक पूरा गरेका आसिफ खानले ४२ बलमा १ सय १ रन जोडे । उनले ११ छक्का ४ चौका हिर्काए । युएईका लागि भृत्य अरविन्दले ९४ रन बनाए ।

कप्तान मुहम्मद वासिमले ४९ बलमा २ चौका र ६ छक्काको मदतमा ६३ रनको योगदान गरे । रोहन मुस्तफाले २० रन, आर्यन लाकरा ६ रन तथा चुन्डानगापोयिल रिजवान ७ रनमा आउट भए । नेपालका लागि दिपेन्द्र सिंह ऐरीले २ तथा सोमपाल कामी, सन्दीप लामिछाने र ललित राजवंशी १–१ विकेट हात पारे ।