काठमाडौं— कीर्तिपुरस्थित त्रिविवि क्रिकेट मैदानमा जारी आइसीसी विश्वकप लिग २ को अन्तिम खेलमा नेपालसामु युनाइटेड अबर इमिरेट्सले कडा चुनौती दिएको छ । पहिले ब्याटिङ गरेको युएईले नेपाललाई ३११ रनको विशाल चुनौती दिएको हो ।

युएइका आशिफ खानको शतकीय पारीमा घरेलु टोली नेपालले आइसीसी विश्वकप लिग २ त्रिकोाणात्मक एक दिवसीय सिरिजको अन्तिम खेलमा जितका लागि ३ सय ११ रनको विशाल लक्ष्य पाएको छ ।

आइसीसी विश्वकप लिग २ को अन्तिम खेलमा टस जितेर ब्याटिङ गरेको यूएईले निर्धारित ५० ओभरमा ६ विकेटको क्षतिमा ३ सय १० रनको योगफल बनाएकोे थियो । लिग २ मा नेपाललाई ३ सय रनको विशाल योगफल दिने यूएई पहिलो टोली हो । नेपालले लिग २ मा पाएको सबैभन्दा विशाल लक्ष्य हो ।

नेपालविरुद्धको खेलमा छैटौं विकेटका लागि आशिफ र अरविन्दले १३५ रनको साझेदारी गरे । वृत्या अरविन्द ९४ रनमा क्याच आउट भएको थिए । यूएईका आशिफ खान १०१ रनमा नटआउट रहे । विस्फोटक ब्याटिङ गरेका आशिफले ४१ बलमा ३ चौका र ११ छक्का प्रहार गर्दै शतक पुरा गरे। १३५ बलको सामना गरेका अरविन्दले ८ चौका र २ छक्का हाने ।

ओपनर आयान लाक्रा ६ रनमा आउट भए । ४९ बलमा २ चौका र ६ छक्का प्रहार गरेका कप्तान मुहम्मद वसिम ६३ रनमा एलबीडब्लु धरापमा पार्दै सन्दीप लामिछानेले पवेलियनको बाटोे देखाइदिए । यसैगरी चुन्दनगापोयिल रिजवान ३ रनमा क्याच आउट हुँदा रोहन मुस्तफा २० रन मै दीपेन्द्रसिंह ऐरिको बलमा एलबीडब्लु धरापमा परे ।

नेपालका दीपेन्द्रसिंह ऐरिले २ विकेट लिंदा, ललित राजवंशी, सोमपाल कामी र सन्दीप लामिछानेले एक एक विकेट झारे । कसिलो बलिङ गरेका ललितले आफ्नो स्पेलमा मात्र २७ रन खर्चे । दीपेन्द्रले ८ ओभरमा २ मेडन राख्दै १९ रन दिए। सन्दीपले आफ्नो स्पेलमा ८० रन खर्चेर १ विकेट आफ्नो नाममा गरे ।