प्रतिकात्मक तस्वीर

जनकपुरधाम– सप्तरीमा ट्रक र विंगर एक–आपसमा ठक्कर खाँदा १४ जना घाइते भएका छन् । गएराति करिब १२ बजेको समयमा सप्तरीको रूपनी गाउँपालिका ६ जगमोहनस्थित पूर्व–पश्चिम राजमार्गमा पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको ना ४ ख २६०८ नम्बरको ट्रक र विपरीत दिशाबाट आउँदै गरेको बा ०१–०२८ च २२१५ नम्बरको विंगर एक–आपसमा ठक्कर खाँदा विंगरमा सवार १४ जना घाइते भएका हुन् ।

सो दुर्घटनामा घाइते भएकाहरुको युनिक अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । घटनापछि ट्रक, ट्रक चालक र विंगर प्रहरी नियन्त्रणमा रहेको जिल्ला प्रहरी कार्यालय, सप्तरीले जनाएको छ ।