काठमाडौं — नेपाली बजारमा सुनको मूल्य फेरि बढ्न थालेको छ । एकै दिन तोलामा एक हजार रुपैयाँले बढ्दै आज बिहीबार छापावाला सुनको मूल्य १ लाख ६ हजार ७ सय रुपैयाँ पुगेको हो ।

आज तेजाबी सुनको मूल्य समेत तोलामा एक हजार रुपैयाँले नै बढ्दै १ लाख ६ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

अघिल्लो दिन छापावाला सुन प्रतितोला १ लाख ५ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो भने तेजाबी सुन प्रतितोला १ लाख ५ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो । यसैगरी चाँदीको मूल्य पनि अघिल्लो दिनको मूल्यमा ५ रुपैयाँले बढेर आज तोलामा १ हजार ३ सय ५ रुपैयाँमा किनबेच भइरहेको महासङ्घले जनाएको छ ।