काठमाडौं — प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शुभारम्भ गर्नुहुने छैटौँ नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ) आजदेखि सुरु हुँदैछ । आगामी सोमबारसम्म सञ्चालन हुने छैटौँ नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सवको उद्घाटन कार्यक्रमको शुभारम्भ प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज दिउँसो ३ बजे सिभिल मलमा गर्नुहुने भएको हो ।

समापन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीबाट हुने आयोजकले बताएको छ । आयोजकका अनुसार ५५ देशबाट आएका ५ सय बढी चलचित्र मध्येबाट ३५ देशका ९५ चलचित्र प्रतियोगिताका लागि छनोट भएको उक्त चलचित्र काठमाडौँका चार सिनेमा हलहरु सिभिल मल, छायाँ सेन्टर, पुलचोकको लविङ मल, भक्तपुरको राधेराधेको भाटभटेनीबाट प्रदर्शन हुनेछ ।