फाइल तस्वीर
काठमाडौं — सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिता अन्तर्गत आज दुई खेल हुँदैछन् । आज बुधबार हुने दुइ खेलमध्ये पहिलो खेल ललितपुरको च्यासल मैदान हुनेछ भने अको खेल त्रिपुरेश्वस्थित दशरथ रङ्गशालामा हुनेछ ।

च्यासलानमा दुई विभागीय टोली त्रिभुवन आर्मी र शसस्त्र प्रहरीको एपिएफ क्लबबीच प्रतिस्पर्धा हुनेछ । यी दुवै टिमको भिडन्त दिउँसो २ः३० बजेबाट शुरु हुनेछ ।

यस्तैगरी अर्को खेल न्युरोड टिम एनआरटी र मनाङ मर्स्याङ्दी क्लबबीच हुनेछ । एनआरटी र मनाङबीचको खेल साँझ ५ः३० बजे दशरथ रङ्गशालामा हुनेछ ।