बेइजिङ् — चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) र विश्वभरका अन्य राजनीतिक दलहरूबीच बुधबार भिडियो लिङ्कमार्फत वार्ता हुने चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिको अन्तरराष्ट्रिय विभागका प्रवक्ता हु झाओमिङले बताउनुभएको छ ।


चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिका महासचिव तथा राष्ट्रपति सी चिन फिङले बेइजिङमा आयोजना हुने विश्व राजनीतिक दलहरूबीचको उच्चस्तरीय बैठकमा चिनियाँ कम्युनिष्ट पार्टीको उद्घाटन समारोहमा भाग लिने र मुख्यवक्ताको रूपमा सम्बोधन गर्ने कार्यक्रम रहेको हुले बताउनुभयो ।


‘आधुनिकीकरणतर्फको बाटोः राजनीतिक दलहरूको दायित्व’ भन्ने नाराका साथ आयोजना हुने कार्यक्रममा विभिन्न देशका राजनीतिक दल र राजनीतिक सङ्गठनका नेताहरू भेला हुने पनि हुले बताउँनु भएको छ । सन् २०१७ मा चीनले बेइजिङमा यस किसिमको पहिलो संवादको आयोजना गरेको थियो ।