साङ्केतिक तस्वीर

काठमाडौं — साताको तेस्रो तेस्रो दिन आज सुनको मूल्य तोलामा एक हजार छ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला एक हजार छ सय रुपैयाँले बढेर १ लाख ५ हजार ७ सय रुपैयाँ कायम भएको छ ।

यस्तै, तेजावी सुनको मूल्य तोलाको १ लाख ५ हजार २ सय रुपैयाँ निर्धारण भएको छ । यसअघि, सोमबार छापावाल सुन तोलाको १ लाख ४ हजार १ सय रुपैयाँमा कारोवार भएको थियो भने तेजावी सुनको मूल्य तोलाको १ लाख ३ हजार ६ सय रुपैयाँ निर्धारण भएको थियो ।

यसैगरी चाँदीको भाउ पनि तोलामा ५५ रुपैयाँले बढेर १३ सय रुपैयाँ कायम भएको छ । आज चाँदीको भाउ १२ सय ५५ रुपैयाँ कायम रहेको थियो ।