फाइल तस्वीर

रोम— लिबियामा डुङ्गा पल्टिँदा करिब ३० जना आप्रवासी बेपत्ता भएका इटालीको तटरक्षक बलले जनाएको छ । समुद्रमा डुबेका १७ जना आप्रवासीको उद्धार गरिएको छ । बेपत्ताको खोजी कार्य जारी रहेको तटरक्षक बलले जनाएको छ। आप्रवासीहरूको स्थानान्तरणको क्रममा डुंगा डुबेको अधिकारीहरुले जनाएका छन् ।

डुबेका १७ व्यक्तिलाई कार्गो पोतद्वारा उद्धार गरिएको छ। करिब ३० आप्रवासीहरू हराइरहेका छन् । इटालीको दक्षिणी तट क्यालाब्रियामा भएको पानीजहाज दुर्घटनामा परी कम्तीमा ७६ आप्रवासीको मृत्यु भएको ठीक दुई हप्तापछि भूमध्यसागरमा पछिल्लो विपत्ति आएको हो ।

यो दुर्घटनाले इटालीका प्रधानमन्त्री जियोर्जिया मेलोनीको नेतृत्वमा रहेको दक्षिणपन्थी सरकार रक्षात्मक अवस्थामा पुगेको छ । यसले आप्रवासीहरूलाई बचाउन समयमा हस्तक्षेप गर्न असफल भएको भन्ने तीव्र आलोचनालाई बल पुगेको बताइएको छ।

यस घातक घटनाले भूमध्यसागरका अन्य देशहरूको ‘निष्क्रियता’ उजागर गरेको छ । रोमले लामो समयदेखि हरेक वर्ष डुंगाबाट युरोप पुग्न खोज्ने दशौं हजार आप्रवासीहरूको मार खेपिरहेको गुनासो आफ्ना ईयू साझेदारहरूसँग गर्दै आएको छ । एजेन्सी