फाइल तस्वीर
काठमाडौं — साताको दोस्रो दिन आज नेप्से परिसूचक २४ दशमलव ६८ अङ्कले ओरालो लागेको छ । आजको कारोबारपछि नेप्से परिसूचक एक हजार नौ सय ५१ दशमलव २१ विन्दुमा कायम भएको हो ।

आज दुई सय ५६ कम्पनीको ३३ लाख ६९ हजार एक सय ३६ कित्ता शेयर २६ हजार आठ सय ५० पटक खरिदबिक्री हुँदा १ अर्ब १६ करोड २५ लाख ३ हजार रूपैयाँ बराबरको कारोबार भएको छ ।

आज सबै समूहको उपसूचक घटेको छ । सबैभन्दा धेरै जीवन बीमा समूहको उपसूचक एक सय ६५ दशमलव ०१ अङ्कले घटेको छ । त्यस्तै, निर्जीवन बीमा समूहको उपसूचक ८२ दशमलव ७४ अङ्कले र लघुवित्त समूहको उपसूचक ६० दशमलव ८४ अङ्कले घटेको छ । बैंकिङ समूह २० दशमलव ३६, विकास बैंक समूह ३७ दशमलव २२, वित्त समूह १३ दशमलव ८९, होटल तथा पर्यटन समूह २५ दशमलव १० र जलविद्युत् समूह १६ दशमलव ३५ अङ्कले घटेको छ ।

त्यसैगरी, लगानी समूह शून्य दशमलव ६२, उत्पादन तथा प्रशोधन समूह ४४ दशमलव १२, व्यापार समूह ३० दशमलव ६१ र अन्य समूह १३ दशमलव ७४ अङ्कले घटेको नेप्सेले जनाएको छ । आज सबैभन्दा धेरै शुभम् पावर लिमिटेडको शेयर मूल्य नौ दशमलव ९८ प्रतिशतले बढेको छ भने खप्तड लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्य सबैभन्दा धेरै सात दशमलव ६२ अङ्कले घटेको छ ।

आज एनआइसी एसिया बैंक लिमिटेडको रू छ करोड २४ लाख ५६ हजार सात सय ४५ बराबरको कारोबार भएको छ । कारोबार भएका शेयर सङ्ख्याका आधारमा अरुण भ्याली हाइड्रोपावर लिमिटेडको एक लाख ६७ हजार पाँच सय ३९ कित्ता शेयर किनबेच भएको छ ।