फाइल तस्वीर
टोकियो — नोबेल पुरस्का विजेता जापानी उपन्यासकार केन्जाबुरो ओईको निधन भएको छ । उहाँ ८८ वर्षको हुनुहुन्थ्यो । उहाँको नोबेल पुरस्कार प्राप्त गर्न सफल कृतिको प्रकाशक कोडानशाले उहाँको निधन भएको पुष्टि सोमबार गरेको हो ।

पारिवारिक स्रोतका अनुसार उहाँको निधन मार्च ३ को बिहान बुढ्यौली र सम्बन्धित समस्याका कारण भएको हो । उहाँको अन्त्येष्टि भइसकेको उहाँको पारिवारिक स्रोतले जनाएको छ ।