काठमाडौं — आईसीसी क्रिकेट विश्वकप लिग टु मा नेपालले पपुवा न्युगिनीविरुद्ध सहज जित हासिल गरेको छ । काठमाडौंको कीर्तिपुरस्थित त्रिभूवन विश्वविद्यालय क्रिकेट मैदानमा आज सोमबार भएको खेलमा नेपालले पपुवा न्युगिनीलाई सहज पाखा लगाएको हो ।

त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको पपुवा न्युगिनीले ३२ ओभरमा सबै विकेट गुमाएर ९४ रन बनाएको थियो । नेपालले १ विकेट गुमाएर ७ .४ ओभरमा लक्ष्य भेट्टायो ।