फाइल तस्वीर
काठमाडौं – जारी सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिताका आज सोमबार दुई खेल हुँदैछन् । आजको खेल एफसी खुमलटार र हिमालयन शेर्पा हुनेछ भने अर्को खेल सातदोबाटो युथ क्लब र थ्री स्टार क्लबबीच प्रतिस्पर्धा हुनेछ ।

एफसी खुमलटार र हिमालयन शेर्पाबीचको खेल ललितपुरको च्यासल मैदान हुनेछ भने अर्को खेल सातदोबाटो युथ क्लब र थ्री स्टार क्लबबीच त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा हुनेछ ।

खुमलटार र हिमालयनबीचको पहिलो खेल दिउँसो २:३० बजे सुरु हुनेछ भने दोस्रो खेल सातदोबाटो युथ क्लब र थ्री स्टार क्लबबीच अपरान्ह ५:३० बजे दशरथ रङ्गशालामा हुने खेलमा हुनेछ ।