काठमाडौं – साताको पहिलो कारोबार दिन आज आइतबार नेपाली सुनचाँदी बजारमा सुनको मूल्य वृद्धि भएको छ । नेपाली बजारमा आज सुन तोलामा १ हजार ७ सय रुपैयाँले वृद्धि भएको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला १ हजार ७ सय रुपैयाँले बढेर १ लाख ३ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

यसैगरी, आज तेजावी सुनको मूल्य तोलाको १ लाख ३ हजार रुपैयाँ कायम भएको छ । त्यसैगरी आज चाँदीको मूल्य पनि तोलामा २५ रुपैयाँले बढेर १ हजार २ सय ४५ सय रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।