बारा– बाराको महागढीमाई नगरपालिका–८ थलही पुलमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । कलैयाबाट लङ्गडाचोकतर्फ जाँदै गरेको ना ३७ प ४१४८ नम्बरको मोटरसाइकललाई विपरीत दिशाबाट आउँदै गरेको नम्बर नखुलेको सवारी साधनले ठक्कर दिएको हो ।

दुर्घटनामामा परी मोटरसाइकल चालक बाराको आदर्शकोतवाल गाउँपालिका–१ जमुनियाका अन्दाजी २२ वर्षीय विकासकुमार साहको मृत्यु भएको हो। दुर्घटनामा परी घाइते भएका उनको उपचारको क्रममा गण्डक अस्पताल वीरगञ्ज पर्सामा मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा संलग्न सवारी साधन फरार भएकाले खोजी भइरहेको प्रहरीले जनाएको छ ।