साङ्केतिक तस्वीर
मोरङ— मोरङको बेलबारी १ नक्सालवारीमा श्रीमान्ले आफ्नै श्रीमतीको हत्या गरेका छन् । नक्सालवारीका ५७ वर्षीय हेमकर्ण महतले आफ्नी श्रीमती देवी महतको हत्या गरेका हुन् ।

इलाका प्रहरी कार्यालय बेलबारीले जनाएअनुसार आज दिउँसो करिब १२ बजे धारिलो हतियार टाउकोमा प्रहार गर्दा दवी महतको घटनास्थल मै मृत्यु भएको हो । श्रीमतीको हत्यापछि हेमकर्ण भने फरार भएको बेलबारीका प्रहरी प्रमुख उदय राणाका बताएका छन् ।

हेमकर्णका दुई श्रीमती थिए । हत्या गरिएकी देवी जेठी हुन् । कान्छी श्रीमती भने विराटचोकमा छुट्टै बस्ने गरेकी प्रहरीको भनाइछ । हेमकर्ण र देवीले बेलबारीमै मासु पसल सञ्चालन गर्दै आएका थिए । श्रीमतीको हत्या किन गरेभन्ने विषयमा अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।