फाइल तस्वीर

काठमाडौं – काठमाडौंमा जारी आईसिसी विश्वकप क्रिकेट लिग–२ को अन्तिम तथा निर्णायक आफ्नो पहिलो खेलमा नेपालले पपुवा न्युगिनीविरुद्ध कीर्तिमानी स्कोर बताएकोछ । टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ४९।१ ओभरमा अलआउट हुँदै २९७ रन बनाएको छ । जुन स्कोर अहिलेसम्मकै उच्च हो ।

यसअघि गत १४ फेब्रुअरीमा नामिबियाविरुद्धको खेलमा नेपालले लक्ष्य पछ्याउने क्रममा २८७ रन बनाएको थियो । जुन स्कोर नै नेपालको अहिलेसम्मको उच्च स्कोरका रूपमा रहेको थियो । बिहीबार उच्च लक्ष्य तयार गर्ने क्रममा नेपालका लागि ओपनर आसिफ शेखले शतकीय इनिङ खेलेका थिए ।

नेपालको स्कोरमा आसिफले करिअरको पहिलो शतक प्रहार गर्दै उनले ११० बलमा १२ चौका र २ छक्का प्रहार गर्दै ११० रनको साझेदारी गरेका छन् । आसिफ रोहितपछि १ हजार रन पुरा गर्ने दोस्रो खेलाडी बन्न सफल भएका छन् । आसिफ बाहेक नेपालका लागि ओपनर कुशल भुर्तेलले पनि ४५ रन जोड्न सफल भए ।

दुई ओपनरले पहिलो विकेटका लागि ११० रनको साझेदारी गरेका थिए । त्यस्तै, कप्तान रोहित पौडेलले ३० रन बनाउँदा आरिफ शेख १५ रनमै आउट हुन पुगे । त्यस्तै, ज्ञानेन्द्र मल्लले ११ रन बनाउँदा भीम सार्कीले ४४ रन बनाएका थिए ।

यता पिएनजीका लागि सिमो कमियाले भने ५ विकेट लिँदा र चार्लेस अमिनीले ३ विकेट लिन सफल भए । पिएनजी केही समयपछि २९८ रनको लक्ष्य सहित मैदानमा उत्रिने छ । नेपालले बनाएको उच्च रनलाई उछिन्न पिएनजीलाई सकस पर्ने देखिन्छ ।