फाइल तस्वीर
साना — यमनको उत्तरी रेड सीमा डुँगा दुर्घटनामा परेर कम्तीमा पनि २१ जनाको ज्यान गएको छ । मङ्गलबार भएको सो दुर्घटनामा ती व्यक्तिको ज्यान गएको प्रहरीले जनाएको हो ।
उक्त डुँगामा २७ जना यात्रु सवार रहेका थिए । ती यात्रुमध्ये २१ जनाको ज्यान गएको बताइएको छ । उत्तरी यमनको नगर होदिदाह्नजिकैको समुद्रमा डुँगा डुबेको बताइएको छ । मृत्यु हुनेमा अधिकांश महिला र बालबालिका परेका पनि सो समाचारमा जनाइएको छ ।आफन्तको विवाह समारोहमा सहभागी भएर घर फर्किँदै गरेका स्थानीय नागरिक चढेको डुँगा डुबेको हो ।
प्रहरीका अनुसार मृत्यु हुनेमा १२ महिला र छ जना बालबालिका थिए । डुँगा डुबेपछि उद्धारको कार्य गरिएको र छ जनालाई जिवीतै उद्धार गरेर अस्पताल पुर्याइएको छ ।