फाइल तस्वीर
तेहरान — इरान र रुसका राष्ट्रपतिका बीचमा सोमबार फोनमा वार्ता भएको इरानको राजधानी तेहरानबाट प्राप्त भएको समाचारमा जनाइएको छ । सो समाचार अनुसार इरानका राष्ट्रपति इब्राहिम राइसी र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका बीचमा आपसी सम्बन्धका साथै आर्थिक सहयोग र समन्वयका कुराकानी भएको हो ।

इरानका राष्ट्रपतिको कार्यालयको वेबसाइटमा दिइए अनुसार सो वार्तामा आर्थिक सहयोगका क्षेत्रहरुका साथै त्यसलाई के कसरी आगामी दिनमा थप विस्तार गरी अन्तर्राष्ट्रिय व्यापार प्रवद्र्धनमा सहजीकरण गर्ने विषयमा कुराकानी भएको थियो ।

आर्थिक क्षेत्रमा भइरहेका सहयोग आदान प्रदान र लगानीका क्षेत्रहरुलाई आगामी दिनमा थप विस्तार कसरी गर्ने भन्ने बारेमा कुराकानी भएको सो वेबसाइटमा जनाइएको छ । वार्ता खासगरी लगानीका क्षेत्रमा केन्द्रित रहेको र दुई देशका बीचको व्यापार र अन्तर्राष्ट्रिय व्यापार पारवहन लगायतका आर्थिक विषयमा केन्द्रित रहेको सो सूचनामा जनाइएको छ ।