बङ्गलादेश — दक्षिणपूर्वी बङ्गलादेशमा रहेको रोहिंग्या शरणार्थी शिविरमा भीषण आगलागी भएको छ । आगलागी हुँदा हजारौँ मानिसले आफ्नो छाना गुमाएका छन् । आगलागी आइतबार भएको हो । आगलागीबाट मानवीय क्षति भने भएको छैन । छिमेकी म्यानमारमा हिंसाबाट भागेका करिब १२,००० मानिस अहिले घरबारविहीन भएको अनुमान गरिएको छ ।

आगलागीको कारण भने हालसम्म खुल्न सकेको छैन। आगलागी स्थानीय समयअनुसार आइतबार दिउँसो ३ः४५ बजेतिर भएको थियो । बङ्गलादेशका शरणार्थी आयुक्त मिजानुर रहमानले एएफपी समाचार एजेन्सीलाई भनेः ‘लगभग २,००० आश्रयस्थलहरू जलेको आशंका छ र १२,००० म्यान्मार घरबारविहीन भएका छन् ।’

रहमानका अनुसार तीन घण्टाभित्र आगो नियन्त्रणमा लिइएको थियो । तर यस अवधिमा कम्तीमा ३५ मस्जिद र शरणार्थीका लागि बनेका करिब २१ वटा लर्निङ सेन्टर पनि जलेर खरानी भएको उनले बताए ।