नाइजेरिया — नाइजेरियाको उत्तरी राज्य कादुनामा अपहरणमा परेका १४ जनाको उद्धार गरिएको समाचारमा जनाइएको छ । सो राज्यमा यहाँका सशस्त्र समूहले १४ जना सर्वसाधारण नागरिकलाई अपहरण गरी लगेका थिए ।

बन्दक बनाएर राखिएको अवस्थामा उनीहरुलाई नाइजेरियाली सुरक्षा फौजले उनीहरुलाई उद्धार गरेको समाचारमा जनाइएको हो । कादुना क्षेत्रमा नाइजेरियाका बोको हराम आतङ्ककारी समूहको प्रभाव रहेको बताइएको छ । ती १४ जनालाई पनि उनीहरुले नै अपहरण गरेर लगी बन्दक बनाएका प्रहरीको भनाई छ ।

सो क्षेत्रमा नाइजेरियाली संयुक्त सुरक्षा फौजले केही महिनादेखि सशक्त कारबाही अघि बढाएको छ । त्यसै क्रममा उनीहरुलाई अपहरणमुक्त गरेको बताइएको छ । नाइजेरियाको कादुना राज्यका प्रहरी प्रमुखले सो कुराको जानकारी दिएका छन् । उनले ती १४ जनालाई कहिले उद्धार गरिएको हो भन्ने बारेमा भने जानकारी दिएका छैनन् । कादुना राज्यका प्रहरी प्रमुखले उनीहरुको उद्धारका क्रममा भएको सुरक्षा कारबाहीमा परेर एकजना अपहरणकारीको ज्यान गएको र अरु केही भागेका जनाएका छन् ।