काठमाडौं — साताको पहिलो दिन आज आइतबार नेपाली बजारमा सुनको मूल्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन तोलामा तीन सय रुपैयाँले वृद्धि भएको हो ।

नेपाली सुनचाँदी बजारमा आज छापावाल सुन को मूल्य प्रतितोला १ लाख २ हजार ८ सय रुपैयाँ कायम भएको छ । यसैगरी आज आइतबार तेजाबी सुनको बजार मूल्य १ लाख २ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै आज चाँदीको मूल्य पनि १० रुपैयाँले बढेर प्रतितोला १ हजार २ सय ७५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।