चितवन — नारायणगढ–मुग्लिन सडकखण्ड आज आइतबारदेखि नियमित सञ्चालनमा आउने भएको छ । नयाँ पुल बनाउन तथा सडक मर्मत गर्नु परेका कारण गत पुस ५ गतेदेखि दैनिक चार घण्टा बाटो अबरुद्ध हुदैँ आएको नागरिक मुग्लिङ सडक खण्डमा आज देखी नियमित सवारी साधन आवतजावत हुने भएको हो ।

मुग्लिन सडक आयोजना पश्चिम खण्डका सूचना अधिकारी कृष्ण आचार्यका अनुसार पुल बनाउने र सडक मर्मत कार्य सम्पन्न भएकाले आज आइतबारदेखी नियमित रुपमा सडक सञ्चालन गरिन लागेको हो ।

उहाँका अनुसार पुल बनाउन पाँच ठाउँमा पहाड काट्नु परेको थियो भने अरू ठाउँको पहाड काट्ने काम लगभग सकिएको र तुइन खोलाको एकातर्फ विस्फोट गराउनु पर्ने बाहेक अन्य काम सम्पन्न भएको छ । सूचना अधिकारी कृष्ण आचार्य भन्नुहुन्छ, ‘विस्फोट गराउने बेलामा केही दिनका लागि एकाध घण्टा बाटो बन्द हुन सक्छ तर सवारी आवात जावतमा अब समस्य छैन् निर्बाधा रुपमा चल्न सक्नेछन् ।’
गत पुस ५ गतेदेखि बिहान ११ बजेदेखि दिउँसो तीन बजेसम्म दैनिक चार घण्टा बाटो बन्द हुदैँ आएको थियो ।