फाइल तस्वीर
काठमाडौं — साताको छैटौं कारोबार दिन आज सुनचाँदी बजारमा सुनको मूल्य प्रतितोला एक सय रुपैयाँले घटेको छ । अघिल्लो दिन प्रतितोला १ लाख २ हजार ६ सय रुपैयाँ कायम भएकोमा आज एक सय रुपैयाँले घटेर तोलामा १ लाख २ हजार ५ सय रुपैयाँ तोकिएको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला १ लाख २ हजार रुपैयाँ छ । यसको मूल्य अघिल्लो दिन १ लाख २ हजार एक सय रुपैयाँ थियो ।

त्यसैगरी आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला ५रुपैयाँले घटेर १ हजार २ सय ६५ रुपैयाँ तोकिएको महासङ्घले जनाएको छ ।