फाइल तस्वीर

काठमाडौं– आईसीसी क्रिकेट विश्वकप लिग टू अन्तर्गत आज बिहीबारको खेलमा घरेलु टोली यूएईले नेपाललाई २०८ रनको लक्ष्य प्रस्तुत गरेको छ । दुबई इन्टरनेशनल क्रिकेट स्टेडियममा जारी खेलमा यूएईले ५० ओभरमा ८ विकेट गुमाएर २०७ रन बनायो ।

टस हारेर पहिले ब्याटिङ गरेको यूएईका लागि ओपनिङ गरेका आसिफ खानले सर्वाधिक ७२ रन बनाउँदा रोहन मुस्ताफाले अविजित ५२ रन जोडे ।

नेपालका लागि सन्दीप लामिछानेले ३, करण केसी, आसिफ शेख र कुशल मल्लले एक एक विकेट लिए । नेपालले केहीबेरपछि जबाफी ब्याटिङ गर्दै छ ।