काठमाडौं — साताको अन्तिम कारोबार दिन आज बिहिबार पनि सेयर बजार ओरालो लागेको छ । हिजो बुधबार २ महिनापछि २ हजारबाट तल झरेको नेप्से बिहीबार पनि १ दशमलव ३३ प्रतिशतले गिरावट आएको हो ।

बजार परिसूचक नेप्से २६ दशमलव ४८ अङ्कले गिरावट हुँदा १९६९ दशमलव ०१ अङ्कमा बन्द भएको छ भने सबै उपसूचकमा गिरावट भएको छ । लघुवित्त उपसूचक सर्वाधिक २ दशमलव ६४ प्रतिशतले गिरावट भएको छ भने व्यापार उपसूचक पनि २ दशमलव ३२ प्रतिशतले घटेको छ ।

आज बिहीबार नेप्सेमा २८ हजार ५ सय कारोबारमा ३६ लाख ५७ हजार १५४ कित्ता धितोपत्र कारोबार हुँदा १ अर्ब ३३ करोड ६३ लाखको कारोबार भएको छ । जसमध्ये हिमालयन डिस्टिलरीको सर्वाधिक ८ करोड १३ लाखको कारोबार हुँदा शिवम् सिमेन्टको ६ करोड ३ लाख र एनआईशी एशिया बैंकको ४ करोड ३७ लाखको कारोबार भएको छ ।

आज नेप्सेमा कुल २१६ कम्पनीको सेयर कारोबार हुँदा १९४ कम्पनीको सेयरमूल्यमा गिरावट भएको छ । यस्तै १९ कम्पनीको सेयरमूल्य वृद्धि हुँदा ३ कम्पनीको सेयरमूल्य स्थिर छ । कारोबार भएकामध्ये बुद्धभूमि हाइड्रोपावरको सेयरमूल्य ४ दशमलव २९ प्रतिशतले वृद्धि हुँदा युनिक नेपाल लघुवित्तको सेयरमूल्य ४ दशमलव ०२ प्रतिशत र बोटलर्स नेपाल तराईको सेयरमूल्य ३ दशमलव ९१ प्रतिशतले वृद्धि भएको छ ।

यस्तै ग्लोबल आईएमई लघुवित्तको सेयरमूल्य ७ प्रतिशतले गिरावट हुँदा स्वाभीमान लघुवित्तको सेयरमूल्य ५ दशमलव ८० प्रतिशत र नाडेप लघुवित्तको सेयरमूल्य ५ दशमलव ७४ प्रतिशतले गिरावट आएको छ ।