फाइल तस्स्वीर
काठमाडौं — साताको पाँचौं दिन आज बिहिबार नेपाली सुनचाँदी बजारमा सुनको मूल्य सामान्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सुनको मुल्य प्रतितोला तीन सय रुपौंयाले बढेको हो ।

अधिल्लो दिन प्रतितोला एक लाख दुई हजार तीन सय रुपौंयामा कारोबार भएको सुनको मूल्य आज एक लाख दुई हजार छ सय रुपौंया तोकिएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला एक लाख दुई हजार एक सय रुपौंया छ । यसको मूल्य अघिल्लो दिन एक लाख एक हजार आठ सय रुपौंया थियो ।

त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा स्थिर रही प्रतितोला एक हजार दुई सय ७० रुपौंया कायम रहेको महासङ्घले जनाएको छ । महासङ्घले अन्तरराष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यका आधारमा यहाँ दैनिक सुन तथा चाँदीका मूल्य तोक्दै आएको छ ।