विराटनगर — प्रदेश १ को नाम कोशी राखिएको खुसियालीमा आज प्रदेशभर सार्वजनिक विदा दिइएको छ । मन्त्रिपरिषद्को बैठकले आज फागुन १८ गते बिहीबार प्रदेशभर सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।
आन्तरिक मामिला तथा कानुन मन्त्रालयले जारी गरेको सूचनामा प्रदेशभित्रका सबै सरकारी कार्यालय, सार्वजनिक संस्थान, प्रतिष्ठान र शैक्षिक संस्थाहरुमा सार्वजनिक विदा दिइएको उल्लेख छ ।

मन्त्रिपरिषद् बैठकले कोशी नामाकरणको उपलक्ष्यमा प्रदेशका सबै बासिन्दालाई बधाई पनि दिएको छ । बुधबार बसेको प्रदेशसभा बैठकले प्रदेश १ को नाम कोशी राख्ने निर्णय गरेको थियो । यससँगै नेपालका सातवटै प्रदेशले नाम पाएका छन् ।