फाइल तस्वीर
काठमाडौं — अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मेयरविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । सप्तरी जिल्लाको शम्भुनाथ नगरपालिकाका मेयर जितेन्द्रप्रसाद गुप्ताविरुद्ध दायर गरेको हो ।

मेयर यादवले विद्यालयको सभाहल निर्माणको अन्तिम बिल भुक्तानी दिनेबेला सेवाग्राहीसँग १ लाख ४० हजार रुपैयाँ मागेको पुष्टि भएपछि मेयर गुप्ता र इञ्जिनियर रामचन्द्र साहविरुद्ध भ्रष्टाचारको मुद्दा विशेष अदालतमा दायर भएको हो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका अनुसार गत माघ ३ गते घुस लिएको अवस्थामा इञ्जिनियर साहलाई पक्राउ गरेको थियो । अनुसन्धानको सिलसिलामा मेयर गुप्ता र इन्जिनियर साहको मिलेमतो पुष्टि भएपछि दुवै जनाविरुद्ध भ्रष्टाचार मुद्दा चलाएको अख्तियारले जनाएको छ ।