फाइल तस्वीर
नयाँ दिल्ली — शीर्ष अमेरिकी कूटनीतिज्ञ एन्टोनी ब्लिङ्केन जी ट्वेन्टी विदेशमन्त्रीको बैठकमा भागलिन आज यहाँ आउँदै हुनुहुन्छ । रसियाका सर्गेई लाभरोभ गए राति अबेरदेखि यहाँ हुनुहुन्छ । युक्रेन युद्ध र अमेरिका–चीन तनावका कारण जी ट्वेन्टीका गतिविधि छायामा पर्ने ठानिएको छ ।

विश्वका अग्रपङ्तिका अर्थतन्त्रबीच एकता कायम गर्ने प्रयासलाई भारतको प्रयास ओझेलमा पर्ने छ किनकी अमेरिकी र रुसी विदेशमन्त्रीले एकअर्कालाई भेट्ने सम्भावना छैन । गत जुलाइमा बालीमा भएको समूहको बैठकका बेला पनि आफ्ना अमेरिकी समकक्षीलाई भेट्न त के देख्न पनि नपरोस् भनेर एउटै प्रेक्षालयमा बस्नुभएन । पश्चिमा अधिकारीहरूका अनुसार उक्त बैठकमा सहभागी हुन अमेरिकी विदेशमन्त्री बैठकस्थलमा आउनुभन्दा केही क्षणअघि रुसी विदेशमन्त्री बाहिरिनुभएको थियो ।

पछिल्लो पटक अमेरिकी र रुसी विदेशमन्त्रीबीच सन् २०२२ मा भेटवार्ता भएको थियो । रुसले युक्रेनमा आक्रमण गर्नु केही साताअघि भएको टेलिफोन वार्तामा युद्धबाहेकका विषयमा कुराकानी भएको थियो । अमेरिका र यसका सहयोगीहरूको विनाशकारी नीतिले संसारलाई विपत्तिको छेउमा पु¥याएको छ, सामाजिक–आर्थिक विकासमा अवरोध गरेको तथा गरिब देशहरूको अवस्थालाई गम्भीर रूपमा बिगारेको आरोप रुसले लगाएको छ ।

बैठकका क्रममा अमेरिकी र चिनियाँ विदेशमन्त्रीबीचको भेटवार्ता पनि अनिश्चित भएको छ । गत महिना जर्मनीमा भएको सुरक्षा सम्मेलनमा चिनियाँ कूटनीतिज्ञ वाङ यीले अन्तर्राष्ट्रिय कानुनको उल्लङ्घन गरेर अमेरिकाले वायुवेग र काबुबाहिरको परिस्थितिका कारण आफ्नो दशले नागरिकस्तरमा मौसमसम्बन्धी सूचना प्राप्त गर्न प्रक्षेपण गरेको बेलुन खसालेकामा आपत्ति जनाउनुभएको थियो । मौसम अनुसन्धानका निम्ति उडाइएको बेलुनलाई जासुसी गर्न छाडिएको भन्दै अपमानपूर्ण तबरले त्यसलाई खसालेकामा चीनले आपत्ति मात्र जनाएको छैन बल प्रयोगले दुई देशबीचको सम्बन्धमा थप चुनौती थपिने चेतावनी दिएको थियो । उसले वासिङ्टनलाई संयमित हुन र वास्तविकताबारे पूर्ण ज्ञानबिना नै कारबाहीमा नउत्रन सुझाएको थियो । त्यसैगरीताइवान मामिलालाई लिएर पनि अमेरिकी अडानलाई लिएर पनि बेइजिङ र वासिङ्टनबीच तनाव छ ।

अमेरिकाले युक्रेन युद्धमा चिनियाँ सहयोगको आशङ्का गर्दै आएको छ । मस्कोलाई उसले घातक हातहतियार उपलव्ध गराउने ठानेको छ । वासिङ्टनले बेइजिङलाई रुसका निम्ति कुनै किसिमका युद्ध सामग्री प्रदान नगर्न चेतावनी दिँदै आएको छ । चिनियाँ कूटनीतिज्ञ वाङले गत साता रुसी राष्ट्रपति भ्यादिमिर पुटिन र विदेशमन्त्री लाभारोभलाई बेग्लाबेग्लै भेटेर रुससँग रणनीतिक सहयोग सुदृढ गर्न चीन इच्छुक रहेको बताउनुभएको थियो ।

अमेरिकी विदेशमन्त्रीले एशिया–प्रशान्त क्षेत्रको अन्तर सरकारी सुरक्षा संयन्त्र (क्वाड) समूहका आफ्ना समकक्षीहरूसँग भेटवार्ता गर्ने अपेक्षा गरिएको छ । चीनविरुद्ध क्वाड स्थापना गरिएको आरोप पनि छ ।क्वाडमा अमेरिका, जापान, भारत,अष्ट्रेलिया सदस्य छन् । समूहका अतिरिक्त सदस्यमा दक्षिण कोरिया, न्युजिल्याण्ड र भियतनाम छन् ।