साङ्केतिक तस्वीर

काठमाडौं – साताको चौथो दिन आज बुधबार नेपाली सुनचाँदी बजारमा सुनको मूल्य तोलामा ५ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला ५ सय रुपैयाँले बढेर १ लाख २ हजार ३ सय रुपैयाँमा कारोबार भएको हो ।

यस्तै, आज तेजावी सुनको मूल्य तोलाको १ लाख १ हजार ८ सय रुपैयाँ निर्धारण भएको छ । यसअघि, हिजो मङ्गलबार छापावाल सुन तोलाको १ लाख १ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो भने तेजावी सुनको मूल्य तोलाको १ लाख १ हजार ३ सय रुपैयाँ निर्धारण भएको थियो।

त्यसैगरी आज बुधबार चाँदीको मूल्य पनि तोलामा १५ रुपैयाँले बढेर १ हजार २ सय ७० रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ ।