काठमाडौं – नेपाली राष्ट्रिय टिमका क्रिकेटर सन्दीप लामिछाने आज यूएई जाँदै छन् । सर्वोच्च अदालतले विदेश भ्रमण फुकुवा गरेसँगै क्रिकेटर लामिछाने आज यूएई जान लागेका हुन् ।

विश्वकप लिग– २ अन्तरगत यूएईमा जारी त्रिकोणात्मक श्रृंखलामा नेपालले आफ्नो पहिलो खेल खेलिसकेको छ भने भोलि बिहीबार दोस्रो खेल खेल्दै छ । विदेश यात्रामा प्रतिबन्धका कारण सन्दीप नेपाली राष्ट्रिय टिमसँग जान पाएका थिएनन्। तर सर्वोच्चले आइतबार उनको प्रतिबन्ध फुकुवा गरेपछि उनलाई यूएई जाने बाटो खुलेको हो।

उनले युएई प्रस्थान गर्नुअघि आफ्ना कानुनव्यवसायिसँग परामर्श गरेका थिए। सन्दीपलाई भेटेर अदालतको आदेश र युएईमा पालना गर्नु पर्ने नियमका बारेमा जानकारी गराएको वकिल सरोज कृष्ण घिमिरेले जानकारी दिनुभयो । क्यानका म्यानेजर विनोद दासले सन्दीपलाई आज यूएई पठाउन लागिएको र सो बारेमा आईसीसीसँग कुराकानी भइरहेको बताउनुभएको छ ।

यूएईमा खेलिरहेको राष्ट्रिय टिमका एक–दुई खेलाडी चोटग्रस्त भएकाले एकजनालाई सन्दीपले प्रतिस्थापन गर्ने गरी पठाउन लागिएको उनको भनाइ छ । कसलाई प्रतिस्थापन गर्ने भन्ने चाहिँ टिम म्यानेजर र प्रशिक्षकले तय गर्ने उहाँले बताउनुभयो ।
यूएईमा खेलिरहेको राष्ट्रिय टिमका एक–दुई खेलाडी चोटग्रस्त भएकाले एकजनालाई सन्दीपले प्रतिस्थापन गर्ने गरी पठाउन लागिएको उहाँको भनाइ छ । कसलाई प्रतिस्थापन गर्ने भन्ने चाहिँ टिम म्यानेजर र प्रशिक्षकले तय गर्ने उहाँले बताउनुभयो ।

आईसीसीको प्रावधान अनुसार कुनै पनि श्रृंखलाको बीचमा खेलाडी घाइते भएमा उसलाई रिजर्भमा रहेको अर्को खेलाडीले प्रतिस्थापन गर्न सक्छ । सन्दीप अहिले रिजर्भ खेलाडीका रुपमा छन् । भोलि नेपालले यूएईसँग दोस्रो महत्त्वपूर्ण खेल खेल्दैछ । पहिलो खेल (फागुन १५)मा पीएनजीलाई नेपालले ४ विकेटले पराजित भएको थियो ।