ग्रीस — ग्रीसमा भएको रेल दुर्घटनामा परी कम्तीमा २९ जनाको मृत्यु भएको छ भने दर्जनौँ घाइते भएका छन् । दुईवटा रेल एकआपसमा ठोक्किँदा दुर्घटना भएको हो । मङ्गलबार साँझ उत्तरी ग्रीसमा दुर्घटनाको भएको हो।

दुर्घटनास्थलमा आगलागी भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । यात्रुवाहक रेल र मालवाहक रेल एक आपसमा ठोक्किँदा दुर्घटना भएको हो ।


दुर्घटनाको कारण भने अहिलेसम्म थाहा हुन सकेको छैन । घाइतेहरूको विभिन्न अस्पतालमा उपचार भइरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।