साङ्केतिक तस्वीर
नयाँदिल्ली — भारतको पश्चिमी राज्य गुजरातमा एक औषधि कारखानामा भएको विस्फोटनमा कम्तीमा दुई जनाको मृत्यु हुनुको साथै अन्य दुई घाइते भएका छन् ।

गुजरातको राजधानी गान्धीनगरबाट करिब तीन सय ९८ किलोमिटर दक्षिणमा पर्ने वल्साड जिल्लाको सारिगाममा अवस्थित गुजरात औद्योगिक विकास निगम (जीआईडीसी) मा राति विस्फोट भएको हो ।

विस्फोटका कारण कारखानामा आगोलागी हुँदा भवनका केही भाग पूर्णरुपमा ध्वस्त भएको जनाइएको छ । विस्फोटमा परी घाइतेभएकाहरुलाई अस्पताल लगिएको प्रहरी अधिकारीले बताएका छन् ।