फाइल तस्वीर
काठमाडौं — प्रसिद्ध साहित्यकारद्वय वैरागी काइँला र गोपाल पराजुलीलाई ‘वानीरा प्रज्ञा पुरस्कार’ प्रदान गरिने भएको छ । साहित्यकार डा वानीरा गिरीको स्मृतिमा स्थापित उक्त पुरस्कारको राशि एक लाख ५० हजार रहेको छ ।

काइँलालाई एक लाख र पराजुलीलाई ५० हजार रुपैँया पुरस्कार राशिसहित सम्मान गर्न लागिएको फाउन्डेसनले जनाएको छ । वानीरा फाउन्डेसनका संस्थापक तथा संरक्षक शङ्कर गिरीको उपस्थितिमा अध्यक्ष श्रीमती इन्दिरा प्रसाईंको अध्यक्षतामा बसेको वानीरा फाउन्डेसनको बैठकले उक्त निर्णय गरेको हो ।

डा वानीरा गिरीको ८० औँ जयन्तीका अवसरमा आगामी वैशाख १० गते काठमाडौँमा पुरस्कार प्रदान गरिने फाउन्डेसनका सदस्यसचिव नगेन्द्रराज प्रसाईंले जानकारी दिनुभयो ।