फाइल तस्वीर
इस्लामवाद — पाकिस्तानका प्रधानमन्त्री शहबाज शरिफले पाकिस्तानको विकासका लागि यहाँको युवा बर्गलाई सक्रिय बनाइने बताउनुभएको छ । उहाँले देशको विकासका क्षेत्रमा सबै युवाहरुलाई सहभागी गराउनका लागि सरकारले विभिन्न कार्यक्रमहरु पनि ल्याउने तयारी गरेको पनि उहाँले जानकारी दिनुभयो ।

पाकिस्तानमा जारी रहेको युवा महोत्सवको अवसरमा उहाँले एक भिडियो सन्देश जारी गर्दै सो कुरा बताउनुभएको हो ।
सो सन्देशमा उहाँले सरकारले देशका सबै युवा बर्गलाई देश विकासको काममा सहभागी र सक्रिय बनाउने योजना बनाएको र त्यसका लागि आवश्यक स्रोतको पनि व्यवस्था गरेको बताउनुभयो ।

देशको विकासमा युवा बर्गको ठूलो योगदान पुग्न सकोस् भनेर सरकारले समावेशी प्रकृतिको युवा नीति ल्याउने र त्यसबाट उनीहरु सक्रिय र जागरुक बन्न सक्ने स्पष्ट गर्नुभयो । उहाँले देशको ६० प्रतिशत जनसङ्ख्या युवा रहेको भन्दै यो जनशक्तिको योगदानबाट देशको विकास हुने पनि बताउनुभयो ।

उहाँले पाकिस्तान सरकारले सन् २०२३ लाई युवा वर्षका रुपमा मनाइरहेको र यस वर्ष युवाहरुको हक अधिकारको रक्षाका लागि पनि विभिन्न कार्यक्रमहरु ल्याउने बताउनुभयो ।