फिफा वर्ष खेलाडीको अवार्ड लिंदै अर्जेन्टिनी राष्ट्रिय टिमका कप्तान
मेसी

पेसिर — अर्जेन्टिनी राष्ट्रिय टिमका कप्तान एवम् विश्वकप विजेता फुटबलर लियोनल फिफा वर्ष खेलाडी घोषित भएका छन् । मेसीले फिफाको सर्वश्रेष्ठ पुरुष खेलाडी बन्दै उपाधि जितेका हुन् ।

मेसीले फ्रान्सका किलियन एम्बाप्पे र करिम बेन्जेमालाई पछि पार्दै यो उपाधि जित्न सफल भए । अजेन्टिनी स्टार ३५ वर्षीय मेसीले सर्वश्रेष्ठ पुरुष खेलाडीको उपाधि लगातार दोस्रोपटक जितेका हुन् ।

मेसीको कप्तानीमा रहेको अर्जेन्टिनाले फ्रान्सलाई हराएर कतार विश्वकप २०२२ को उपाधि जितेको थियो । लगातार दोस्रोपटक उपाधि जितेपछि मेसीले लामो समयदेखिको सपना पूरा भएको र यो साथीहरुको सहयोगमा सम्भव भएको प्रतिक्रिया दिएका छन् । यो अवार्ड जित्दा आश्चर्य लागेको र सम्मानित भएको महसुस भएको बताउँदै उनले भने, ‘मेरा साथीहरुविना म यहाँ हुने थिइनँ । म धेरै भाग्यशाली छु ।’

सोमबार राति पेरिसमा एक कार्यक्रमबीच उत्कृष्ट तीनमा परेका फ्रान्सका केलियन एम्बाप्पे र करिम बेन्जिमालाई पछि पार्दै ३५ वर्षीय अर्जेन्टिना र पेरिस सेन्ट जर्मेनका फरवार्ड मेसीले अवार्ड हात पारे । फिफा सदस्य राष्ट्रका प्रशिक्षक, कप्तान, पत्रकार र समर्थकले दिएको मतका आधारमा यसअघि अन्तिम तीनको मनोनयन सार्वजनिक भएको थियो ।

सन् २०१६ बाट सुरु भएको अवार्डमा मेसीसहित क्रिष्टियानो रोनाल्डो र रोर्बेटो लेवान्डोस्कीले २–२ पटक उपाधि जितेका छन् । यस्तै लुका मोड्रिचले १ पटक उपाधि जितेका छन्। सन् २०२१ अगस्ट ७ देखि २०२२ जुलाई २७ सम्मका खेलमा गरेको प्रदर्शनलाई आधार मानेर यो अवार्ड प्रदान गरिने गरेको छ । यसैगरी सर्वश्रेष्ठ महिला खेलाडीको उपाधि भने स्पेनकी अलेक्सिया पुटेलसले जितेकी छन् ।
यी हुन् फिफा वर्ष विजेता खेलाडी र प्रशिक्षकहरु

उत्कृष्ट पुरुष खेलाडीः लियोनल मेसी — अर्जेन्टिना
उत्कृष्ट महिला खेलाडीः एलेक्सिया पुटेलास — बार्सिलोना
उत्कृष्ट पुरुष गोलकिपरः एमिलियानो मार्टिनेज— अर्जेन्टिना
उत्कृष्ट महिला गोलकिपरः मेरी अरप्स — इङ्ल्यान्ड
उत्कृष्ट पुरुष प्रशिक्षकः लियोनेल स्कालोनी — अर्जेन्टिना
उत्कृष्ट महिला प्रशिक्षकस् सरिना विग्म्यान — इङ्ल्यान्डकी
उत्कृष्ट गोलको पुस्कास अवार्डः मार्सिन ओलेक्सी — पोल्याण्डका
उत्कृष्ट फ्यान अवार्डः अर्जेन्टिना फ्यान
उत्कृष्ट फेयर प्ले अवार्डः लुका लोचोसभिली